“जती बेला पनि हल्लिए जस्तै लाग्छ”- सर्वसाधरण

<span class='c1'>“जती बेला पनि हल्लिए</span> <span class='c2'>जस्तै लाग्छ”- सर्वसाधरण</span>

बिराटनगर , जेठ ३ / भूकम्पको पराकम्पन अझै रोकिएको छैन , हुन त साना साना कम्पन भए पनि सर्वसाधरणमा त्रस भने घटेको छैन । सधै जसो आउने पराकम्पनले देश कै जनजिवनमा असर परिरहेको छ । बिराटनगर - ४ निवासि सृजना भट्टराईलाई अझै पनि भूकम्पले घर हल्लाए जस्तै लाग्छ । " जती बेला पनि हल्लिए जस्तै लाग्छ " उनि भन्छिन । उनि मात्रै हैन धेरैलाई मनोबैज्ञानीक रुपमा भुकम्पले असर गरेको छ । यस्तै बिराटनगर - ३ कि बेन्जुमाला ढुङेललाई पनि भुकम्प जती बेला पनि आए जस्तै हुने गरेको बताउछिन । भुकम्पले गर्दा बालबालिका देखी लिएर बृदा सम्मलाई मनोबैज्ञानीक त्रास भएको छ । बिराटनगर १७ का डिकेन्द्र स्वर्णकारलाई पनि भूकम्पको असरले भुकम्प आए जस्तो हुने र झस्किने गरेको बताउछन । कक्षा ११ ,१२ को परिक्षा तयारी गरिरहेका बिद्यार्थीलाई पढ्न मन नलाग्ने र एक किसिमको डर भएको अनुभब सुनाउछन ।  बिराटनगरका अस्पतालमा समेत मनोबैज्ञानीक परामर्श लिन आउनेको भिड बढेको अस्पतालहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्