कक्षा ११ र १२ को परिक्षा मिती घोषणा

कक्षा ११ र १२ को परिक्षा मिती घोषणा

जेठ ४ बिराटनगर /उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परिक्षा मिती घोषणा गरेको छ । जस अनुसार कक्षा ११ को असार १ गते देखी र कक्षा १२ को जेठ २० गतेबाट परिक्षा सुरु हुने कुरा हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिनु भयो ।परिषदको सोमबार बसेको बैठकले भूकम्पले बढी प्रभावित भएका सात जिल्ला बाहेकका ६८ जिल्लाका लागि नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।तर भूकम्पबाट बढी प्रभावित भएका गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको परीक्षा स्थगित नै रहेको सदस्य सचिव कोइरालाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्