“ज्योतिषीको कुरामा नलाग्नुहोस” : सरकार

<span class='c1'>“ज्योतिषीको कुरामा नलाग्नुहोस”</span> <span class='c2'>: सरकार</span>

  काठमन्डौ जेठ ४/ सूचना तथा सञ्चार मन्त्रालयले भूकम्पका कारण उत्पन्न महाविपत्तिको वर्तमान अवस्थामा ज्योतिषी एवम् भविष्यवेत्ताको हवाला दिँदै केही पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिएका समाचार कपोलकल्पित एवम् भ्रामक भएको भन्दै त्यस्ता सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

उक्त मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पको पीडाबाट पिरोलिएका सर्वसाधारणलाई थप पीडा हुने किसिमका अनर्गल समाचार प्रकाशन प्रसारण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

साथै उक्त मन्त्रालयले जनजीवनलाई आतङ्कित पार्ने त्यस्ता सामग्री प्रकाशन एवम् प्रसारण गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्