त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रकमा डा. पोखरेल

त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रकमा डा. पोखरेल

बिराटनगर, ६ जेठ । त्रिभुवन विश्वविद्यालयको जेठ ५गते बसेको कार्यकारी परिषद्को बैठकले डा. उद्धव पोखरेललाई क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको सह–परीक्षा नियन्त्रणमा नियुक्ति गरेको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका पूर्व सहायक क्याम्पस प्रमुखसमेत रहनु भएका डा. पोखरेललाई जेठ ५ मंगलबारदेखि नै लागु हुने गरी सह–परीक्षा नियन्त्रणमा विश्वविद्यालयले नियुक्ति गरेको हो ।

पूर्वाञ्चलका १६ जिल्ला हेर्ने गरी उहा“लाई सो पदमा नियुक्ति गरिएको जनाईएको छ । यसअघि सो पदमा डा. अर्जुन बराल हुनुहुन्थ्यो । उहा“को कार्यकाल सोमबारमात्रै सकिएको थियो ।

डा. पोखरेलको नियुक्तिस“गै विश्वविद्यालयले अन्य २ जना व्यक्तिहरुलाई पनि मध्यमाञ्चल र पश्चिममाञ्चल क्षेत्र हेर्ने गरी सहपरीक्षा नियन्त्रमा नियुक्ति गरेको जनाइएको छ । नियुक्ति डा. पोखरेलले मंगलबार नै पदभार ग्रहणसमेत गर्नु भएको छ ।

- प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्