नशामुक्त अभियानका लागि पैदल हिंडेर ५४ दिनपछी महाश्रवण विराटनगर आंउदै

नशामुक्त अभियानका लागि पैदल हिंडेर ५४ दिनपछी महाश्रवण विराटनगर आंउदै

बिराटनगर, ६ जेठ । आगामी साउन–११ गतेदेखि विराटनगरमा शुरु हुन लागेको जैन धर्मालम्वीहरुको महाकुम्भ चर्तुमासामा सहभागि हुन जैन धर्मका ११ औं गुरु आचार्य महाश्रवण जेठ ७ बिहीबार काठमाण्डौंबाट विराटनगरका लागि पैदल यात्रा शुरु गर्ने भएका छन् ।

शान्ति, सद्भाव तथा नशामुक्त अभियानका लागि आगामी साउन–११ गते

आउन लागेका हुन् । जैन स्वेताम्वर तेरापन्थी सभाका अध्यक्ष दिनेश गोल्छाका अनुसार काठमाण्डौबाट भक्तपुर, काभ्रे तथा सिन्धुली हुदै पैदल हिंडेर ५४ दिनपछी साउन–६ गते आचार्य महाश्रवण विराटनगर आइपुग्नहुने कार्यक्रम रहेको बताउनुभयो ।

अहिंसा यात्राको नाम दिएर सद्भाव, नैतिकता तथा नशामुक्त अभियानका लागि महाश्रवणले यात्राको थालनी गर्नु भएको हो । महाश्रवणको यात्रामा जैन धर्मालम्वी मात्र नभएर सबै समुदायका चासो रहेको आयोजक समितिले जनाएको छ ।

महाश्रवणले १ महिना अघि भारतको बनारस हुदै पैदल हिंडेर काठमाण्डौं आउन भएको थियो । बैशाख १२ गते भुकम्प जादा महाश्रवण काठमाण्डौमै हुनुहुन्थ्यो । भुकम्प गइरहदा महाश्रवणले काठमाण्डौंमा प्रार्थना सभा तथा शान्ति स्वतिको कामना गर्नु भएको थियो । उहाले आफ्नो आश्रमस्थलमा भक्तजनको साथमा प्रार्थनासभा गर्नु भएको थियो ।

आचार्य महाश्रवणले दैनिक १२ किलो मिटर पैदल यात्रा गर्नुहुने र उहाको विश्रामस्थलमा प्रवचन तथा ध्यान शिविरको आयोजना हुने तेरापन्थी सभाका अध्यक्ष गोल्छाले बताउनुभयो ।

महाश्रवणको यात्रामा १ सय वढि गुरु तथा आचार्यहरुको सहभागिता रहेने जनाईएको छ ।

विराटनगरमा हुने जैनधर्मको चतुर्मासा भारत बाहिर पहिलो पटक हुन लागेकाले चतर्मासाको अवधिभर ५ लाख भक्तजन सहभागी हुने समितिका अध्यक्ष मालचन्द सुरानाले बताउनुभयो ।

विराटनगर स्थित तेरापन्थी भवनमा हुन लागेको चतुर्मासामा आउने हरुकालागी खान वस्न व्यवस्था मिलाउने काम भइरहेको छ । व्यवस्थित बसोबासका लागि भवन निर्माण गर्ने काम धमाधम भइरहेको आवास व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गोल्छाले बताउनुभयो । उहाका अनुसार वसोवासका लागि ५ सय १५ वटा नया व्लक निर्माण भइरहेको छ ।

- प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्