चाँडै राष्ट्रिय सहमतिको सरकार बन्ने : गच्छेदार

चाँडै राष्ट्रिय सहमतिको सरकार बन्ने : गच्छेदार

विराटनगर,६ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख चाँडै राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ ।

बिराटनगर विमानास्थलमा बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले प्रमुख राजनीतिक दलहरु बीच सबै दलहरु मिलेर भुकम्पले ल्याएको विपद ब्यवस्थापन गर्न सैद्धान्तिक सहमति भइसकेकोले केहि दिनभित्रै राष्ट्रिय सहमतीको सरकार गठन हुने बताउनुभएको छ । उहांले राष्ट्रिय एकतालाई सवल र सुदृढ बनाउँदै विपद ब्यवस्थापन र नयाँ संविधान निर्माण गर्नु अहिलेको आवश्यकता भएकोले त्यसका लागी राष्ट्रिय सहमतीको सरकार अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष गच्छदारले अहिले देशका सबै खाले संकट हटाउनका लागी राजनैतिक दलहरुले प्रतिष्पर्धा, आरोप प्रत्यारोप गरेर जाने भन्दा मिलेर अघि बढ्ने समय भएकोले सहमतीय सरकारको नेतृत्वको विषयमा कुनै विवाद नरहेको दावी गर्नुभयो ।

- प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्