धर्मछोरी करणी आरोपमा शर्मालाई साढे आठ वर्ष कैद

धर्मछोरी करणी आरोपमा शर्मालाई साढे आठ वर्ष कैद

विराटनगर, जेठ ६ : पन्ध्र वर्षीया धर्मछोरी करणी आरोपमा ट्रेड युनियन कांग्रेस मोरङका पूर्वअध्यक्ष गोपाल शर्मालाई साढे आठ वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत मोरङले दायर गरेको जबरदस्ती करणी र हाडनाता करणी मुद्दामा आज गरेको फैसलाअनुसार विराटनगर–११ हाटखोलाका शर्मालाई ७५ हजार क्षतिपूर्तिसहित साढे ८ वर्ष कैद सजाय भएको हो । अदालतका एक नम्बर न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले ६ महिनादेखि विचाराधीन मुद्दा आज फैसला गरेको हो । फैसलाअनुसार अभियुक्त शर्मालाई मुलुकी ऐनको जबरदस्ती करणी महलअन्तर्गत ७५ हजार क्षतिपूर्तिसहित साढे आठ वर्ष कैद सजाय भएको श्रेष्तेदार धु्रवकुमार ढकालले बताए । शर्माले आफूलाई पटकपटक बलात्कार गर्ने गरेको भन्दै १५ वर्षीया धर्मछोरीले मोरङ प्रहरीमा २०७१ भदौ ३१ मा किटानी जाहेरी दिएकी थिइन् । उक्त जाहेरीमा अनुसन्धान गरी प्रहरीले असोज १ गते मोरङ अदालतमा हाडनाता जबरजस्ती करणीमा मुद्दा दर्ता गराएको थियो । आफूविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भएको थाहा पाएपछि फरार भएका धर्मबाबु शर्मा मंसिर ११ गते अदालतमा हाजिर भएपछि अदालतले उनलाई ०७१ मंसिर १२ मा पूर्पक्षका लागि कारागार पठाएको थियो । शर्मा हाल मोरङ कारागारको थुनामा छन् ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्