टेलिकमले पूर्वाञ्चलमा नयाँ टावर जडान गर्ने

टेलिकमले पूर्वाञ्चलमा नयाँ टावर जडान गर्ने

मोरङ, ६ जेठ ।  उपभोक्ताको गुनासो बढदै गएपछि नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले नयाँ टावर जडान गर्ने भएको छ ।

नेटर्वक सुधारका लागि पुराना १८८ वटा टावर विस्थापित गरेर नयाँ टावर जडान गर्ने र नेटवर्कमा सुधार ल्याउने प्रक्रिया सुरु भइसकेको नेपाल टेलिकम पूर्व क्षेत्रीय कार्यालयका निर्देशक अशोक थापाले जानकारी दिए ।  पुराना टावर विस्थापित गरेर नयाँ टावर हाल्ने वित्तिकै मोबाइलबाट आवाजको गुणस्तर र डाटा नेटर्वकमा सुधार आउने छ ।

थ्रिजीको ७४ वटा टावर थप गर्ने टेलिकमले जनाएको छ । जिल्लामा टुजी र थ्रीजीको माग बढी छ । आवश्यकता अनुसार टावर थप जडान गर्ने योजना अघिसारेको निर्देशक थापा बताउँछन् ।  पूर्वाञ्चलको कुल जनसङ्ख्याको ३१ प्रतिशत ग्राहकले टेलिकमको सेवा उपभोग गरिरहेकोमा अब यो सङ्ख्यालाई वुद्धि गरेर लैजाने थापाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्