आमाछोरा मिलेर लागूऔषधको कारोबार गर्ने गरेको खुलासा

आमाछोरा मिलेर लागूऔषधको कारोबार गर्ने गरेको खुलासा

इनरुवा, जेठ ११ : सुनसरीको महेन्द्रनगरमा आमाछोरा मिलेर लागूऔषधको कारोबार गर्ने गरेको खुलासा भएको छ । महेन्द्रनगर–४ की ३६ वर्षीया श्यामादेवी धामी र उनका १८ वर्षीय छोरा मनिष धामीले लागूऔषधको कारोबार गर्ने गरेको खुलासा भएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले सुराकीका आधारमा तलासी गर्दा घर र खेतबारीमा खाल्डो खनी भण्डारण गरी बिक्री गर्दै आएको प्रहरीको अनुसन्धानमा देखिएको छ । लागूऔषधसहित पक्राउ परेका आमाछोरालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । खाल्डो खनी लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरेपछि आमाछोराको संलग्नतामा लामो समयदेखि अवैध कारोबार हँुदै आएको खुलेको हो । छापा मार्नेक्रममा प्रहरीले उनीहरुको घरमा लुकाएर राखिएको अवस्थाका कोरेक्स ४ सय ५७ बोतल, स्पास्मो क्याप्सुल १ सय ५७ र नाइट्रोजन ट्याबलेट १ सय ४४ पिस बरामद गरेको छ । उनीहरुले धरान र इटहरी क्षेत्रका युवाहरु आफ्नो नियमित ग्राहक भएको बयान दिएका छन् ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्