जनक शिक्षा सामाग्री केन्द्र विराटनगरमा तालाबन्दी

जनक शिक्षा सामाग्री केन्द्र विराटनगरमा तालाबन्दी

विराटनगर, जेठ १२  : पूर्वाञ्चलका पुस्तक व्यवसायीहरुले जनक शिक्षा सामाग्री केन्द्र क्षेत्रीय कार्यालय विराटनगरमा मंगलबार तालाबन्दी गरेका छन् । पटक–पटक धाउँदासमेत पुस्तक उपलब्ध नगराएको भन्दै पुस्तक व्यवसायीहरुले कार्यालयका प्रमुख चन्द्रलाल भोमीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । शैक्षिकसत्र सुरु भएको महिना दिन बितिसक्दासम्म सामुदायिक विद्यालयका विद्यार्थीका लागि आवश्यक पुस्तक उपलब्ध गराउन नसक्दा विद्यालयले विद्यार्थी र अभिभावकको दवाव खेप्नु परेपछि व्यवसायीहरुले कार्यालयमा तालाबन्दी गर्नु परेको दावी गरेका छन् । पूर्वाञ्चलका लागि अझै धेरै संख्यामा पुस्तक आवश्यक भएपनि केन्द्रले दिन नसक्दा कक्षा ८, ९ र १० को पुस्तक अभाव खड्किएको व्यवसायीहरुको भनाई छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, झापा, इलाम, ताप्लेजुङ, खोटाङ र पाँचथरमा डिपोमार्फत् पुस्तक बिक्री गर्दै आए पनि अझै ती जिल्लामा समेत पुस्तक पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्