आज सबेरै चार वटा भूकम्पको धक्का महशुस

आज सबेरै चार वटा भूकम्पको धक्का महशुस

नेपालमा आज बिहान सबेरै भूकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा काठमाडौंलाई केन्द्रबिन्दु बनाएर ४  म्याग्निच्युडको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प गएपछि राजधानीका अधिकांश मानिसहरु डरले बाहिर सडकमा निस्केका थिए ।

एक महिनादेखि भूकम्प निरन्तर आइरहेका कारण मानिसहरुमा त्रास समेत उत्पन्न भएको छ ।

विहीबार विहानै चार रेक्टर भन्दा माथि र पाँच रेक्टर भन्दा मूनीका चार वटा भूकम्पको धक्का महशुस गरिएको छ। विहान ५ः२९ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्किेलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
त्यस्तै ५ः१२ मा काठमाडौँलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरको, ३ः४० मा पनि गोरखा र धादिङलाई केन्द्रविन्दु बनाएर ४ रेक्टरको,  ३ः७ मा गोरखा र धादिङलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्किेलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

मापन केन्द्रका अनुसार वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्किेलको भूकम्प गएयता सानासाना भूकम्पको धक्का महशुस भैरहेको छ। त्यस्ता भूकम्पको धक्का महशुस भैरहने भएकाले त्यसबाट नआत्तिन र सचेत रहन विज्ञको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्