क्षेत्र बिस्तार गर्न सरकारी निकायको सुझाव

क्षेत्र बिस्तार गर्न सरकारी निकायको सुझाव

विराटनगर, जेष्ठ १३
गाउँको विकासमा ध्यान दिने हो भने हरेक संस्थाले आफ्नो क्षेत्रलाई अन्यत्र पनि लैजानु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।
आज बिराटनगरमा वल्र्ड भिजन ईन्टर नेशनल नेपालले विराटनगरमा आयोजना गरेको पाँच बर्षे योजनाको समिक्षा कार्याक्रममा सहभागि सरकारी क्षेत्रका अधिकारीहरुले हरेक संस्थाले क्षेत्र विस्तार गर्नु पर्ने बताएका हुन ।
सन् २०११ देखि २०१५ सम्म भएको कामको मुल्याङकन गर्न आयोजित कार्यक्रममा वल्र्ड भिजनले अहिले सम्म गरेको कामलाई सकारात्मक रुपमा लिईएको भएपनि योजनाको काममा पुर्प तयारी गरेर अगाडी बढ्न सुझाव दिएका थिए ।

परियोजनाले समेट्न नसकेका बिषयलाई अबको दिनमा प्राथमिकतामा राखेर काम गर्नु पर्ने गाबिस सचिवहरुले जोड दिएका थिए । परियोजना संचालन गर्दा समन्वय गर्नु पर्ने संयुक्त योजना निर्माण गरी काम गर्नु पर्ने, योजना मात्र बनाउन भन्दा पनि त्यसको कार्यान्वयनको पनि मुल्याङकन हुनुपर्ने सहभागि गाविस सचिवहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा आगामी २०१५ देखि २०२० सम्म सञ्चालन हुने पञ्च बर्षिय योजनामा समेटिनु पर्ने बिषयको बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा सहयोगी संस्था, सरकारी निकायका अधिकारीहरु, वल्र्ड भिजनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्