आदिवासी जनजातिहरुलाई कानुनी विषयमा ज्ञानको आवश्यक

आदिवासी जनजातिहरुलाई कानुनी विषयमा ज्ञानको आवश्यक

प्रेम देवान

विराटनगर, १६ जेठ । नेपालमा रहेका आदिवासी जनजातीहरु कानुनी विषयको ज्ञानको कमी र राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित भएका कारण पछाडी परेको एक कार्यक्रममा वत्ताहरुले बताएका छन् ।
आदिवासी जनजाति महासंघ जिल्ला परिषद् मोरङको आयोजनामा शनिबार देखी विराटनगरमा भएको चार दिने अधिकार र कानुन सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै आदीवासी जनजाति महासंघका सल्लाकार भत्तीनाथ माझीले कानुनी विषयको ज्ञानको अभावले गर्दा आदीवासी जानजाति सामुदायका व्यात्तिहरु समस्यामा पर्ने गरेको बताउनुभयो । माझिले कानुनी विषयमा सचेत गराउन यस्ता प्रकारको तालिम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राजनितीक विश्लेशक भुराज राईले राज्यले आदीवासी जनजातिलाई विदेभ गरेको कारण पछाडी परेको बताउनुभयो । उहांले आदिवासी जनजाति महांसघले जिविस संग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा जिल्ला विकास समिति मोरङका योजना अधिकृत डम्बर बल्भव बरालले आदीवासी जनजाति संगठित हुन नसक्दा पछाडी हुनुपरेको बताउनुभयो । आफनो हक अधिकार सुनिश्चत गर्न आदीवासी जनजाति सामुदाय संगठित भएर अगाडी आउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमा आदीवासी जनजाति महासंघ मोरङका अध्यक्ष मिलन कुमार राई, सल्लाकार जय पाखिन, आदिवासी जनजाति पत्रकार ंसघ फोनिजका सदस्य प्रेम देवान लगयत विभिन्न जातजातिका अध्यक्ष लगायले आदिवासी जानजातिको विभेद अन्त्य गर्न चेतना र शिक्षाको जरुरत रहेको बताएको थिए ।
जिल्लाको आदीवासी सामुदायका यूवाहरुलाई कानुनको विषयमा सचेत गराउने उद्देश्यले आयोजना गरीएको चार दिने तालिममा ६५ जनाको सहभागीता रहेको कार्यक्रम संयोजक सौखिन बान्तावाले जानकारी दिनुभयो । आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठान र जिल्ला विकास मोरङको सहयोगमा भएको तालिमको सहजिकरण आदिवासीका अभियान्त गोपाल देवान र किरण सुनवारले गर्नुभएको छ ।

................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्