कक्षा ११,१२ को परिक्षा सार्न आन्दोलन

<span class='c1'>कक्षा ११,१२ को</span> <span class='c2'>परिक्षा सार्न आन्दोलन</span>

उच्च माध्यमिक शिक्षा परिषद, सानोठिमीले तय गरेको परीक्षाको मिति सार्न विद्यार्थीहरूले दबाब दिएका छन्।

विद्यार्थीहरुले भुकम्पको त्राश अझै हटिनसकेको भन्दै यस्तो बेलामा लिइने परीक्षाले भविस्यमा ठूलो असर पार्न सक्ने बताएका छन्।

उच्च माध्यमिक शिक्षा परिषदमा विरोध र्‍यालीसहित धर्नामा बसेका परीक्षार्थीहरूले परीक्षाको मिति तत्काल सार्न माग गरेका हुन्।

‘विद्यार्थीको तिब्र असहमतिको बिचमा संचालन गर्न लागिएको परीक्षाले राम्रो सन्देश जाँदैन,’ आन्दोलनरत विद्यार्थीले भने।

मुलुकभरका ९० प्रतिशत भन्दा बढी विद्यार्थीहरु परिषदको निर्णयको विपक्षमा रहेको विद्यार्थीहरुको दाबी छ।

विद्यार्थीहरुले यसअघि पनि (जेठ १० गते) परीक्षा मिति थप गर्नुपर्ने मागसहित उच्च माध्यमिक शिक्षा परिषद अगाडि धर्ना  दिएका थिए।

यसैबीच लेट्स लर्न नेपाल नामक संस्थाले गरेको एक सर्वक्षणमा पनि ९४ प्रतिशत विद्यार्थीले परीक्षा सार्नुपर्ने बताएका छन्।

संस्थाले गरेको ३ दिने सर्बेक्षणले२४३९ विद्यार्थीमा गरेको सर्वैक्षणका आधारमा कक्षा ११ र १२ को परीक्षा मिति सार्नुपर्ने पक्षमा २४३९ अर्थात ९४.३० प्रतिशत र सार्नु पर्दैन भन्नेमा १३९ अर्थात ५.७०प्रतिशत विद्यार्थीले तर्क गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्