आदिवासी जनजातिको विराटनगरमा पहिलो पल्ट सास्कृतिक प्रर्दशनी

आदिवासी जनजातिको विराटनगरमा पहिलो पल्ट सास्कृतिक प्रर्दशनी

 

 

विराटनगर, १८ जेठ ÷ आदिवासी जनजाती नगर समन्वय समिति विराटनगरले सोमबार सास्कृती प्रदर्शनी गरेको छ । आदिवासी समुदायको भेषभुषा तथा बाजागाजाको संरक्षण गर्ने उद्देश्यले साँस्कृती प्रदर्शनी गरीएको हो ।

प्रदर्शनीमा विराटनगर नगरपालिकाभित्र बसोबास गर्ने १८ वटा जातिय सस्थाहरुले आ आफ्नो जातिय भेषभुषा तथा बाजा गाजा प्रर्दशनीमा राएिको थियो ।

सास्कृतिक कार्यक्रममा किरात राई यायोख्खा नगर समितिले चण्डी नाच, किरात याक्थुङ चुम्लुङ नगर समितीले लिम्बुहरुको च्याब्रुङ र नेवारहरुले थामि र लाखे नाच प्रस्तुत गरेका थिए । साथै अन्य आदिवासी जनजातिले भेषभुषा तथा बाजागाजा प्रर्दशनिमा राखेका थिए ।

कार्यक्रमको उद्घाटन विराटनगरमा उपमहानगरपालिकाको कार्यकारी अधिकृत गोपाल रेग्मीले गर्नुभएको थियो । उहाँले कार्यक्रमको उद्घाटन आदिवासी जनजातिले धर्म संस्कृती तथा भेषभुषा बाजागाजा संरक्षण गर्न यस्ता खालका सस्कृतिक प्रर्दशन गर्नु अति आवश्यक रहेको बताउनुभयो । कार्यकारी रेग्मीले यसका लागी आदिवासी जनजातीहरु एक जुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । यसका लागी नगरपालीकाले गर्नुपर्ने दायित्व हरेक ठांउबाट गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा नगर क्षेत्रका १८ वटा जातिय संस्थाले माग गरेको माग पत्र पनि हस्तान्तण गरिएको थियो । साथै उहांलाई नगर परिषद्को तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष मिलनकुमार राई, धानुक समाज मोरङ जिल्लाका अध्यक्ष नन्दलाल मण्डल, किरात याक्थुङ चुम्लुङ नगर समितिका अध्यक्ष मनोज सुब्बा, नेपाल दनुवार जागरण नगर समितिका अध्यक्ष नरेस सिंह दनुवार , नेपाल तामाङ धेदुङ नगरका धु्रब तामाङ, तमु छय्ल छोजधी गुरुङ राष्ट्र परिषद् नगरका जङ्ग बा. घले लगायत अन्य जातिय सस्थाका अध्यक्ष लगायतले आदिवासी जनजातिको हक हितको संरक्षण गर्नुपर्नेमा जोड दिएको थिए । नगरमा पहिलो पल्ट आदिवासी जनजातिहरुको सास्कृतिक सम्मेलन आयोजना गरेको नगर परिषद्का अध्यक्ष सुरेस सिह गनगाईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्