गोमा एयरको विमान ठूलो दुर्घटना हुनबाट जोगियो

गोमा एयरको विमान ठूलो दुर्घटना हुनबाट जोगियो

प्रबिन दाहाल

काठमन्डौ जेठ १९ /जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको नाइन एन ए के वाई कलसाइनको विमान आज बिहान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्का नखुलेपछि विमान धावनमार्गमा चिप्लिएको हो ।
विमानको अघिल्लो भागमा सामान्य क्षति पुगे पनि मानविय क्षति नभएको पोखरा विमानस्थलले जनाएको छ ।
विमानमा चालक दलका सदस्य सहित १८ जना सवार थिए । गोमा एयरले यही जेठ १२ गतेदेखि पोखरा–जोमसोम उडान शुरु गरेको थियो ।
अवतरण गर्नका लागि सबै इन्डिकेटर देखाएको चालकले बताए पनि अवतरण गर्ने क्रममा पांग्राा भने नखुलेको पोखरा विमानस्थल प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभयो । यतिबेला दुर्घटनाग्रस्त विमान धावन मार्गबाट हटाइएको छ । केही घण्टा अवरुद्ध भएको विमानस्थलमा अन्य उडान भने सुरु भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्