नक्सापास नगरी बनाइएका बिराटनगरका घर पनि भत्किने

नक्सापास नगरी बनाइएका बिराटनगरका घर पनि भत्किने

मोरङ, १९ जेठ– विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि बनाइएका घर विराटनगर उपमहानगरपालिकाले भत्काउने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि घर निर्माण गरेको पाइएमा भत्काउन लागिएको हो ।

सरकारी निर्णयअनुसार विराटनगर क्षेत्रमा दुई तलाभन्दा माथिको घर निर्माण बन्द गरिएको जानकारी दिँदै रेग्मीले यसबारे वडा सचिवको भेला चाँडै डाकिने बताए । उपमहानगर क्षेत्रका २२ वटै वडाका सचिवको भेला बोलाई मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचना भत्काउनका लागि निर्देशन दिइने रेग्मीले जानकारी दिए । उनका अनुसार नक्सा पास भए/नभएको मूल्याङ्कन गरी त्यसको जानकारी उपमहानगरलाई सचिवले दिने छन् ।

विराटनगरका अधिकांश घर मापदण्ड विपरीत निर्माण गरेको पाइएको उपमहानगरपालिकाले जनाएको छ । कम्पाउन्ड वाल चार फिटको वनाइनुपर्नेमा शत्प्रतिशत वालहरु मापदण्ड विपरीत पाइएको उपमहानगरपालिकाका इन्जिनियर भरत न्यौपानेले जानकारी दिए । मापदण्ड विपरीत बनाइएका भौतिक संरचना निर्माण गरेकालाई पूर्वसूचना दिइने र अटेर गरे भौतिक संचरना भत्काउँदा लाग्ने सम्पूर्ण खर्चसमेत नगरपालिकाले असुल गर्ने कार्यकारी अधिकृत रेग्मीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्