आज देखि १२ कक्षाको परीक्षा

आज देखि १२ कक्षाको परीक्षा

 

बिराटनगर । भुकम्पले सरेको उच्च माध्यमिक बिद्यालयको परिक्षा २० जेठ बुधबारदेखी सुरु हुँदैछ। भुकम्पले अति प्रभाबित बनाएका सात जिल्ला बाहेकका सबै जिल्लामा कक्षा १२ को परिक्षा २० जेठ देखी र कक्षा ११ को १ असारदेखी सुरु भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।

एक महिना पहिलै नै हुनुपर्ने उमाबि अन्र्तगत कक्षा ११ र १२को परिक्षा भुकम्पले गर्दा एक महिना ढिलो सुरु भएको हो । भुकम्प अति प्रभाबित गोरखा , दोलखा , सिन्धुपाल्चोक , नुवाकोट, धादिङ, काभ्रे लगायत जिल्लाहरुमा परिक्षा स्थगित नै रहेको छ । परिक्षा अघि भुकम्प शिक्षा परिक्षामा सहभागी हुने परिक्षार्थीहरुलाई सुरक्षित तरिकाले परिक्षा दिने तरिका सिकाएर मात्र परिक्षा हलमा प्रबेश गराईने छ । अव भुकम्प नआउने भएकोले निडर भएर परिक्षा दिन बिद्यार्थीलाई पहिले लाईन लगाएर निरिक्षकहरुले सम्झाउने र आईहालेमा कसरी लेखेको प्रश्नपत्र सुरक्षति राख्ने र आफु सुरक्षित बाहिर निस्कने भन्नेबारे पनि बुझाउने तैयारी गरिएको छ । पुर्बमा सबै तैयारी पुरा उच्च माध्यमिक शिक्षा परिषद पुर्बाञ्चल क्षेत्रिय कार्यालयका प्रमुख उत्तमराज नेपालले २० जेठदेखी हुने परिक्षाकालागि सबै तैयारी पुरा भएको जनाएका छन । उनका अनुसार पुर्बमा भुकम्प प्रभाबित जिल्लाहरु धेरै नभएको र भएको ओखलढुंगा जिल्लामा पनि चारवटा मात्रै परिक्षा केन्द्र रहेको र त्यसमा कुनै असर नपरेकोले परिक्षा सबैतिर शान्तपुर्बक सम्पन्न हुने उनले दाबी गरे । पुर्बाञ्चलका १५ बटा जिल्लामा यो बर्ष कक्षा १२ मा ५८ हजार ९२४ र कक्षा ११ मा ६५ हजार ८७९ जना बिद्यार्थी परिक्षामा सहभागी हुँदैछन । पुर्वमा जम्मा १८७ वटा परिक्षा केन्द्रमा यो पाली दश जोड दुईको परिक्षा संचालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्