देशभर अझै केही सयम गर्मी बढ्ने अनुमान

देशभर अझै केही सयम गर्मी बढ्ने अनुमान

काठमाडौं / काठमाडौं उपत्यका सहित देशभर अझै केही सयम गर्मी बढ्ने अनुमान गरिएको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार तत्कालको लागि पानी पार्ने कुनै वायु नभित्रिएकाले गर्मी बढ्ने अनुमान गरिएको हो ।
काठमाडौं उपत्यकासहित मध्य र पश्चिम तराइमा गर्मी अझै बढ्नेछ । पूर्वमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना भएकाले त्यहाँभने तुलनात्मक रुपले कम गर्मी हुनेछ ।
गत सोमबार र मंगलबार पश्चिमी वायुको आंशिक प्रभावले तराईमा मौसम बदलिएर केही राहत महसुश गरिएपनि आजबाट फेरी गर्मी बढे्ने प्रक्षेपण छ ।
आज देशभर आंशिक बदलीको संभावना छ । तर पानी पर्ने कम संभावना रहेको हुँदा काठमाडौ उपत्यकामा आजपनि अत्यधिक गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्