‘फास्ट ट्र्याक’बाट संविधान जारी गर्ने सन्दर्भमा एमालेले स्थायी कमिटी बैठक

‘फास्ट ट्र्याक’बाट संविधान जारी गर्ने सन्दर्भमा एमालेले स्थायी कमिटी बैठक

काठ्मान्डौ

प्रबिन दाहाल /राष्ट्रिय सहमतिको सरकार गठन र त्यसअघि ‘फास्ट ट्र्याक’बाट संविधान जारी गर्ने सन्दर्भमा पार्टीको बटमलाइन बनाउन एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
अध्यक्ष केपी ओलीले पार्टी कमिटी र संस्थागत प्रक्रियालाई बाइपास गरेर एकल निर्णय गरेको र छलफल हुन नसकेको भन्दै केही नेताले असन्तुष्टि जनाइरहेका बेला ओलीले स्थायी कमिटी बोलाउनुभएको हो । पुल्चोकस्थित मन्त्री निवासमा अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बस्ने सूचना आएको प्रचार विभाग प्रमुख समेत ररनुभएकासचिव योगेश भट्टराईले जान्कारि दिनुभएको छ । उहाँका अनुसार बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्