९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई सम्मान

९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई सम्मान

सुमन सुस्केरा
विराटनगर, २० जेठ ः
नेपाल ग्रामिण बिकास समाज केन्द्र मोरङ र टंकिसिनवारी गाबिसले ३० जना जेष्ठ DSC06893नागरिकहरुलाई आज सम्मान गरेको छ । जिबिस मोरङको सहयोगमा ९० बर्ष भन्दा माथिका ३० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई जिविसका योजना अधिकृत डमरुबल्लभ बराल, सामाजिक बिकास अधिकृत लक्ष्मी धिमाल र केन्द्रका अध्यक्ष मणिकुमार अज्र्याल लगायतले दोसल्ला, फुलको माला तथा अबिर लगाई सम्मान गर्नु भएको थियो ।
उहाँहरुलाई जनही २ सय रुपैयाका साथै प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा जिविसका योजना अधिकृत बरालले जेष्ठ नागरिकहरुलको सम्मान तथा उनीहरुको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताउनुभयो । जेष्ठ नागरिक ऐन २०६३ मा जिल्लामा जेष्ठ नागरिक सरोकार समिति गठन भएपनि त्यसले सक्रियताका साथ काम गर्न नसकिरहेको भन्दै त्यसलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।
केन्द्रका अध्यक्ष मणि कुमार अज्र्यालले राज्यले जेष्ठ नागरिकलाई सम्मान स्वरुप दिएको बृद्धभत्ता समेत ब्यवस्थित हुन नसकेको गुनासो गर्नुभयो । उहाले जेष्ठ नागरिकहरुको हक अधिकार प्राप्तीका लागि काम गरिरहेका सवै संस्थाहरुबिच समन्वय हुनुपर्नेमा जोड दिदै त्यसका लागि जिविसले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रका उपसभापति भुवनेश्वर मण्डल, गाविस सचिव बिनोद कुमार न्यौपाने, संघीय समाजबादी पार्टीका राजेश्वर बिश्वास, समाजसेवी चन्द्रशेखर न्यौपाने लगायतले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्