कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट कम्प्युटरको पार्टपुर्जा बरामद

कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट कम्प्युटरको पार्टपुर्जा बरामद

विराटनगर, २० जेठ : कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट प्रहरीले विराटनगरमा कम्प्युटरको पार्टपुर्जा बरामद गरेको छ । विराटनगर–१७ स्थित राजमार्गमा कवाडीको गोदाम अगाडि थुपारिएको अवस्थामा इलाका प्रहरी कार्यालय रानीले भण्डै ७० पोका नयाँ तथा पुराना विद्युतीय सामग्रीको पोका नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुगेको प्रहरीले विद्युतीय सामग्रीको पोकासहित कोलकाता बस्ने हाफिद विश्वासलाई समेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको पोकाभित्रबाट कम्प्युटरको नयाँ मदरबोर्ड, पुराना कम्प्युटरका मोनिटर र स्टेबलाइजरलगायतका सामग्री छन् । मंगलबारमात्र काठमाडौंबाट दुईवटा ट्रकमा लोड गरी विराटनगर ल्याएर ती सामग्री थुपारिएको र भारततर्फ लाने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले बताउनुभयो । उहाँले भूकम्पबाट काठमाडौं अस्तव्यस्त रहेको अवस्थामा ती सामग्री चोरी गरी ल्याइएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । नियन्त्रणमा लिइएका सामग्रीहरु भारत कोतकाता निवासी नुर आलमको भएको र सो व्यक्ति ६ महिनाअघिबाट विराटनगरमा कवाडीको काम गर्दै आएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्