ओली अनुपस्थित भएपछि बैठक स्थगित

ओली अनुपस्थित भएपछि बैठक स्थगित

काठमण्डौ प्रबिन दाहाल /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि प्रमुख चार दलको बैठक स्थगित भएको छ । बैठकमा लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बालुवाटार पुग्नुभएको थियो ।
तर, झण्डै एक घन्टा कुर्दा समेत ओली अनुपस्थित भएपछि बैठक औपचारिक रुपमै सुरु हुन सकेन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव रमेश आचार्यले भने पार्टीको आन्तरिक बैठकमा व्यस्त भएका कारण चार दलको बैठकमा आउन नसकेको प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डलाई जानकारी गराएको बताउनुभएको छ ।
ओलीकै आग्रहमा बैठक अपराह्न्न ४ बजेका लागि बोलाइएको छ । चार दलको बैठक ४ बजेलाई सरेपछि २ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्