खाद्य संकट नहुने नेपाल सरकारको दावी

खाद्य संकट नहुने नेपाल सरकारको दावी

 काठमण्डौ ,प्रबिन दाहाल /चालु आर्थिक वर्षमा कुल खाद्यान्न उत्पादनको झण्डै ३ प्रतिशत घट्ने अनुमान गरेपनि खाद्य संकट नहुने सरकारले दावी गरेको छ । भूकम्पले क्षती नपु¥याएको ठाउँबाट प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति र वितरण गर्ने तयारी भैरहेकाले संकट नहुने सरकारको भनाई छ ।
खाद्यान्नको मुख्य स्रोत तराईका जिल्ला भएकाले र त्यस क्षेत्रको बालीमा असर नपरेकाले भूकम्पले क्षती पु¥याए पनि खाद्य संकट भने नहुने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्तै भूकम्पले एक बालीमा क्षती पु¥याएपनि अर्को बाली उत्पादनका लागि सरकारले किसानमुखी कार्याक्रम ल्याउन लागेकाले उत्पादकत्वमा धेरै असर नपर्ने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले पनि खाद्यान्नको अभाव हुन नदिन आन्तरिक बजारबाट खरिद गर्ने काम थालिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्