काठमाडौं उपत्कासहित पश्चिम तराईमा गर्मी अझै बढ्ने

<span class='c1'>काठमाडौं उपत्कासहित पश्चिम तराईमा</span> <span class='c2'>गर्मी अझै बढ्ने</span>

काठमाडौं उपत्कासहित पश्चिम तराईमा गर्मी अझै बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व बाहेकका ठाउँमा गर्मी बढ्ने अनुमान गरिएको हो । मौसमविद् बरुण पौडेलले अहिले तत्काल पानी पार्ने कुनै वायु सक्रिय नभएकाले अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको बताउनुभयो ।
मध्य तथा सूदुरपश्चिममा मंगलबारदेखि सामान्य बदली हुने संभावना रहेको उहाँको भनाई छ । उहाँका अनुसार काठमाडौं उपत्यका सहित मध्य क्षेत्रमा भने बेलुकापख सामान्य बदली भै फाटफुट पानी परे पनि दिउँसो अझै केही दिन चर्को घाम लाग्ने सम्भावना छ । काठमाडौंको तापक्रम हिजो तीनवर्ष यताकै उच्च ३५ डिग्री सेल्सियस पुगेको थियो । मौसमविद् पौडेलका अनुसार यसपाली पनि मनसुन भित्रन केहि दिन लाग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्