गर्मीका कारण तराईको जनजीवन प्रभावित

<span class='c1'>गर्मीका कारण तराईको</span> <span class='c2'>जनजीवन प्रभावित</span>

पाँच दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्लासहित तराईको जनजीवन प्रभावित भएको छ । एक्कासि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन कष्ठकर बन्दै गएको हो ।
गर्मी बढेपछि सदरमुकाम राजविराजलगायत ग्रामीण क्षेत्रमा सर्वसाधारणको चहलपहलमा कमी आएको देखिन्छ । खासगरी गर्मीको समयमा वृद्धवृद्धा तथा बालबालिकालाई ठूलो असर पर्ने गरेको छ । राजविराजस्थित सरकारी कार्यालयमा समेत सेवाग्राहीको सङ्ख्यामा निकै कमी आएको कर्मचारिहरुले बताएका छन ।
यसैगरी, अत्यधिक गर्मी बढेपछि बजारको पसलमा चिसो पेयपदार्थको बिक्री–वितरणमा वृद्धि हुनुका साथै केही व्यापारीले उचित मूल्यभन्दा बढी मुल्य लिई बिक्री–वितरण गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
त्यस्तै, गर्मी बढेपछि गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा पखाला, ज्वरो, टाइफाइडलगायतका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै आएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्