१६ बुँदे सहमतिको संयुक्त राष्ट्रसंघको स्वागत

१६ बुँदे सहमतिको संयुक्त राष्ट्रसंघको स्वागत

संविधान निर्माणका लागि नेपालका मूख्य चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले नेपालको प्रजातान्त्रिक विकासका लागि राजनीतिक दलले गरेको सहमति मूख्य आधारशिला बनेको भन्दै स्वागत गर्नुभएको हो ।
सहमतिमा पुग्न नेपाली नेताहरुले गरेको अथक प्रयासलाई महासचिव मूनले स्यालूट योग्य भनेर टिप्पणी गर्नुभएको छ ।
हालै गएको भूकम्पबाट सृजित चुनौतिहरुलाई सामना गर्नुपर्ने परिस्थितिमा यो सहमति गर्न सकेकामा उहाँले हृदयदेखि नै प्रशंसा गर्नुभएको छ । उक्त सहमति कार्यान्वयनका लागि निर्णायात्मक कदमहरु लिन पनि नेताहरुलाई महासचिव मूनले प्रोत्साहित गर्नुभएको मूनको सचिवालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँले नेपालको शान्ति प्रक्रिया र विकासका लागि राष्ट्रसंघको सहयोग निरन्तर रहने बचनबद्धता पनि व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्