नेपाल पर्यटन बोर्डमा (सिइओ) पदका लागि दोस्रो पटक आवेदन माग

नेपाल पर्यटन बोर्डमा (सिइओ) पदका लागि दोस्रो पटक आवेदन माग

नेपाल पर्यटन बोर्डमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दोस्रो पटक आवेदन मागिएको छ । बोर्डले १५ दिनको म्याद राखी बुधबार आवेदन मागेको हो । बोर्ड चार वर्षदेखि कार्यकारी प्रमुखबिहीन भएको छ । यसअघि पनि बोर्डले सिइओको पदपूर्तीका लागि आवेदन मागेको थियो ।
सिइओ छनौट प्रक्रिया पुनः अघि बढाउन बोर्डले यही जेठ १७ गते तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा पर्यटन मन्त्रालयका सहसचिव मोहन कृष्ण सापकोटा, बोर्डको कार्यकारी समितिमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरु घनेन्द्र श्रेष्ठ र राजेन्द्र सापकोटा रहेका छन् । यसअघि सर्ट लिष्टमा परिसकेका उम्मेदवारले पुनः सिइओका लागि प्रतिस्पर्धा गर्न इच्छुक भए १५ दिनभित्र जानकारी गराउनुपर्ने समितिका अर्का सदस्य मोहनकृष्ण सापकोटाले बताए ।
.....................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्