गर्मीका कारण विद्यालयले हटायो टाई लगाउने नियम

गर्मीका कारण विद्यालयले हटायो टाई लगाउने नियम

विराटनगरमा बढेको अत्याधिक गर्मीका कारण यहाँ स्थित एभरेष्ट बोर्डीङ्ग स्कुलले केहि दिनको लागि टाई लगाउने बाध्यात्मक नियम हटाएको छ ।  विद्यार्थीहरु माथि गर्मीका कारण परिरहेको नकारात्मक असरलाई केहि हदसम्म भए पनि कम गर्ने उद्देश्यले यो नियम हटाएको विद्यालयले जनाएको छ । एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले केहि दिनका लागि यो नियम राखिएको बताए ।

यो निर्णय पछि विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले सामाजिक संजाल मार्फत विद्यालयलाई धन्यवाद दिएका छन् ।

[caption id="attachment_12838" align="aligncenter" width="504"]everest school post विद्यालयको निर्णयप्रति खुसि हुँदै अभिभावकको फेसबुक पोस्ट[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्