पहिरोमा परी ताप्लेजुङमा १० जनाको मृत्यु

पहिरोमा परी ताप्लेजुङमा १० जनाको मृत्यु

जेठ २८, काठमाडौं । बुधवार साँझदेखि परेको पानीसँगै गएको पहिरोमा परी ताप्लेजुङमा १० जनाको मृत्यु भएको छ । लिवाङ ३, खोक्लिङ ७, थिङलाबु ६ र लिङतेप ७ तीनवटा गाविसमा गएराती पहिरो गएको हो ।पानी परिरहेकाले उद्धारमा पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ  ।  यस्तै पहिरोका कारण लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।स्थानीयका अनुसार लिङतेपमा ७, खोक्लिङमा ९, लिवाङमा ६ र थिङलाबु गाविसमा ६ घर बगाएको छ । ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरिक्षक देवीप्रसाद फागोका अनुसार मेवाखोला बढेर आउदा खाम्लुङ गाविसको दोभान बजारको पल्लो भागका पवन लिम्बू, श्याम लिम्बू र दावा शेर्पाको घर बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्