विराटनगर–७ का २ सय घरपरिवारलाई उठाउन भूमाफियाको चलखेल

<span class='c1'>विराटनगर–७ का २ सय</span> <span class='c2'>घरपरिवारलाई उठाउन भूमाफियाको चलखेल</span>

विराटनगर–७ स्थित २ विघा जग्गामा वसोवास गरेका २ सय घरपरिवारलाई उठाउन भूमाफियाले चलखेल गरेका छन् । राससका अनुसार विराटनगर–७ रामपुर (झरना पश्चिम ) टोलमा वसोवास गर्ने २ सय घरपरिवारको नम्वरी जग्गामा भूमाफियाले मोहि कायम गर्न वडा समिति–७ मार्फत सिफारिश गर्ने कार्य गरेकोमा स्थानीयवासी आन्दोलित भएका छन् ।
विराटनगर–१२ घोघापुल वस्ने स्व. देवीप्रसाद श्रेष्ठका छोरा रोशन श्रेष्ठको पुरानो कित्ता नं ५९ तथा नयाँ कित्ता नं ३७७ र ६८ नम्वरवाट विक्री वितरण भएको जग्गामा १५ वर्षदेखि २ सय घरपरिवार वस्दै आएका छन् । विराटनगर वडा नं ७ सरौचिया वस्ने फेकन पासवान, अरुलिया देवी पासवान र रामशिन पासलनले मोही नामसारी कायम गर्न उपमहानगरपालिका–७ वाट जालझेल गरी सिफारिश गराउन सफल भएका छन् ।
विराटनगर–७ का सचिव जोगेन्द्र विश्वासले ९ जनाको नागरिकतासहितको सर्जमीन मुचुल्का तथा खाली जग्गा देखिाई आफूलाई अन्यौलमा राखी २०७१ वैशाख २५ मा निवेदन परेअनुसार आफूले विश्वासमा परी मोही नामसारीको सिफारिश गरेको वताए । सचिव विश्वासले वसोवास जग्गामा मोही कायम गर्न जालझेल गरेको थाहा पाउनासाथ सिफारिश रद्ध गर्न पुनः दुई पटक पत्र पठाएको तथा यस सम्वन्धमा आफू टोलवासीलाई जस्तोसुकै सहयोग गर्न तत्पर रहेको वताए ।
उक्त ठाउँमा वसोवास गर्न चम्पा कार्कीले १० वर्षदेखि मोही विनाको जग्गा खरीद गरी बसोवास गरिहरेकोमा मोही सम्वन्धमा जानकारी आउँदा छक्क परेको वताए । मोही सम्वन्धमा भूमिसुधार कार्यालयवाट पत्र आएपछि टोलवासी त्रसित भएर एक हप्तादेखि वडा–७ को कार्यालय घेराउ गरिरहेका छन् ।

NewShristi Dainik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्