विराटनगर तपाईको मात्र होईन: फोहोर नबनाऔं

विराटनगर तपाईको मात्र होईन: फोहोर नबनाऔं

तपाईले विराटनगरको कुनै पनि सार्वजनिक सम्पत्तीको अवस्था हेर्नु भयो भने तस्विरमा देखिए जस्तै पाउनु हुन्छ । कि त ति सफा छैनन् , कि भत्केका र पुननिर्माणको अवस्थामा छन् कि यसरी नै पोस्टरहरु टाँसिएर कुरुप बनाईएका छन् । तस्विरमा देखिएको स्थान रोडसेष चौक बिचको स्तम्भ र पार्कको हो । यहाँ पहिले श्रीपेच थियो जसलाई जनआन्दोलनको बेलामा आन्दोलनकारीहरुले फुटाएका थिए र बाँकि रहेको संरचनालाई यसरी कुरुप बनाउने कार्य हुँदैछ । यस्तो कार्यमाथि न त प्रहरी प्रशासनले आँखा पुर्याको छ न त नगरपालिकाले नै ।

कुनै पनि सामाग्रीको प्रचार गर्नु पर्छ तर आफ्नो प्रचारको लागि सार्वजनिक सम्पत्तीलाई बेहाल र कुरुप पार्नु हुदैन । यदि कसैले यस्तो कार्य गर्छ भने पनि संबन्धित निकायले कारबाहिको दायरामा ल्याउनु पर्छ ।
फोहोर गर्ने साथीहरु,
विराटनगर तपाईहरु एक्लैको होईन । यसलाई फोहोर नगरौं ।

Biratnagar roadhshesh chowk stambha poster4

Biratnagar roadhshesh chowk stambha poster2

Biratnagar roadhshesh chowk stambha poster 1

Biratnagar roadhshesh chowk stambha poster

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्