सुचनाको हक माग्न जादा कार्यकारी अधिकृतद्धारा दुव्र्यवहार

सुचनाको हक माग्न जादा कार्यकारी अधिकृतद्धारा दुव्र्यवहार

 

प्रेम देवान

जेठ, २९ शुक्रवार ,सुनसरी दुहवी–भलुवा नगरपालिका अधिकृतले वार्ड २ मा बस्ने एक स्थानिय वासीलाई दुव्र्यवहार गरेका छन् ।

सुनसरी दुहवी–भलुवा नगरपालिका वार्ड २ स्थित भइरहेको वाटो विस्तारको जानकारी लिन खोज्दा नगरपालिकाका कार्यकारी अधिकृत तेजनारायण यादवले आफूलाई दुव्र्यवहार गरेको स्थानीय कुलदिप चौधरीले आरोप लगाएका छन् ।

चौधरीले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी नगरपालिकाले वाटो विस्तारगर्ने क्रममा आफुलाइ कुनै जानकारी नदिइ आफनो जग्गामा रहेको ८ फिट जग्मा रहेको मन्दीर र पर्खाल भत्काएपछी वुझन खोज्दा आफुमाथी अधिकृतले दुव्र्यवहार गरेको बताए । सुचनाको हक माग्न खोज्दा कार्यकारी अधिकृतले अहिले तिमिलाइ पाच झापड हान्छु , म कोहो चिन्छस भन्दै दूव्र्यवहार गरेको चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यसरी सेवाग्रहीलाइ सेवा प्रदान गर्नुपर्ने निकायले उल्टै हप्कि र दप्कि गर्नु लोकतन्त्रकै उपहास भएकाले यस्ता राष्ट्रसेवक कर्मचारीलाइ विभागीय कार्वाहीगर्नुपर्ने माग गरेका छन् । साथै चौधरी अरु सेवाग्राहीलाई पनि यस्तो नहुनबाट सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्