गत वैशाख १२ गते गएकोे शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छैन । आज मात्रै बिहान ११ बजेसम्म ४ रेक्टर स्केलका दुईओटा पराकम्पन मापन भएका छन् ।
बिहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको छ । यसअघि, बिहानै १ बजेर २२ मिनेटमा गोरखा केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजो ४ म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन आएका थिए ।