बालबालिकालाई ब्रस र टुथपेष्ट वितरण

बालबालिकालाई ब्रस र टुथपेष्ट वितरण

विराटनगर, २९ जेठ ।
स–साना बालबालिकाको लागि सरसफाईमा ध्यान केन्द्रीत गराउनको लागि बिराटनगरका एक सामुदायिक बिद्यालयका बालबालिकालाई निशुल्क सरसफाईका सामान बितरण गरिएको छ । दाँत तथा मुखको सरसफाईमा ध्यान दिन सके ब्यक्ती स्वच्छ रहने भन्दै पर्फेक्ट डेण्टल केयर एण्ड मल्टी स्पेशियालिटी सेन्टर विराटनगरले बालबालिकाको लागि सरसफाईको समाग्री बितरण गरेको हो । विद्यालयका बिद्यार्थी तथा शिक्षक शिक्षकाहरुलाई दाँत माझ्ने ब्रस र टुथपेष्ट निशुल्क बितरण गरिएको हो। विराटनगरको शंकरपुर प्राथमिक विद्यालयका विद्यार्थीहरुको सोही अबसरमा निःशूल्क दन्त परिक्षण समेत गरिएको थियो । दन्त परिक्षणको क्रममा विद्यार्थीहरु मध्ये केहीको दाँतमा समस्या देखिएको स्वीडेनबाट आउनु भएकी डा.लिना इर्वीले जानकारी दिनुभयो । बालबालिकाको पनि किराले दँतलाई असर गर्दा उनीहरुको पढाईमा दुखाईले असर पार्ने चिकित्सकको भनाई छ । त्यसको रोकथामको लागि निरन्तर दन्त परिक्षण गरिनुपर्नेे शिबिरमा डा सुजन रिजालले बालबालिकालाई सुझाव दिनुभयो ।
चिकित्सकहरुको टोलीले शिक्षक तथा विद्यार्थीहरुलाई दाँत माझ्ने सहि तरिका तथा दाँतमा देखापर्ने समस्याको बारेमा डा धिरेन्द्र गिरीले जानकारी गराउनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्