विराटनगर चक्रपथ निर्माणमा छुटयाइएको बजेट फिर्ता जाने

विराटनगर चक्रपथ निर्माणमा छुटयाइएको बजेट फिर्ता जाने

विराटनगर /हरी अधिकारी

बर्षेनी फ्रिज हुदै आएको विराटनगर चक्रपथ निर्माणमा छुटयाइएको बजेट फिर्ता जाने भएको छ । विराटनगर चक्रपथ निर्माणकालागि यो बर्ष छुटयाइएको बजेट मध्ये यो बर्ष आधा रकम फिर्ता जान लागेको हो । विराटनगर उपमहानगरपालिकाको बढदो सवारी चापलाई न्युनिकरण गर्न भन्दै वाइपास रोडको रुपमा डेढ दशक अघि देखी निर्माण सुरु गरिएको ‘विराटनगर चक्रपथ’कालागि आएको बजेट बर्षेनी आधा खर्च नभई फिर्ता जाने गरेको हो । यो बर्षपनि पहिलेका बर्षहरु जस्तै बजेट फिर्ता जाने लागेको हो । ठेक्का प्रकृयामा हुने ढिला सुस्तीका कारण बर्षेनी छुटयाइएको बजेट फिर्ता जाने गरेको छ । ठेक्का ढिलोगरी लाग्दा छुटयाइएको मध्ये करिव आधार रकम फिर्ता जाने गरेको छ । यो बर्षपनि छुटयाइएको ६ करोड ११ लाख बजेट मध्ये करिव आधा रकम फिर्ता जाने कार्यालयका सुचना अधिकृत पूर्णराज कार्कीले जानकारी दिए । उनले भने पटक तिनवटा खण्डमा ठेक्का प्रकृयाबाट रोडको ट्रयाक खोल्ने काम गर्दै छौ । छुटयाइएको बजेट भन्दा आधा रकममा
ठेक्का लागेकाले उव्रेको रकम खर्च गर्ने ;मय छैन् ।’ उनले तिनवटा खण्ड निर्माणकालागि करिव पाच करोडको ठेक्का आह्वान गरिएको थियो । तर ठेकेदारहरुले आधा रकममा निर्माणको जिम्मा लिएका कारण बाकी रहेको रकम फिर्ता जान लागेको हो । यो बर्ष तिनवटा योजना २ करोड २८ लाखमा ठेक्का लागेको कार्कीले जानकारी दिए ।
२०६५/६६ देखी रिङरोड निर्माण गर्दै आएको ;हरी विका; तथा भवन निर्माण डिभिजन कार्यलयले आएको रकम खर्च गर्न नसकेर फिर्ता जाने गरेको हो । कार्कीका अनुसार चैत्त अन्त्यमा ठेक्का प्रकृया पुरा गरेर तिनवटै क्षेत्रमा ठेकेदारले काम सुरु गरेका छन् । लखन्तरी झोराहाटमा दुई वटा खण्ड र बुधनगर महत्तो टोल खण्डमा ग्रवेल र स्तर उन्नतीको काम सुरु गरिएको छ । बजेटको अख्तीयारी ढिलोगरी आउदा असारमा विनियोजन गरेको बजेट चैतमा मात्र ठेक्का लागेको हो । ढिलोगरी ठेक्का लाग्ने गरेकाले छुटयाइएको मध्ये आधा रकम फिर्ता जान लागेको हो ।
चक्रपथ निर्माणको ठेक्काकालागि पुन २८ गते टेण्डर आह्वान गरिएको थियो । प्रकृया पुरा गरेर ठेकेदारलाई जिम्मा दिन तिन महिना लाग्यो । समयमा नै ठेक्का प्रकया अघि नबढदा पुरारकम ;दुपयोग नभएको हो । चैत देखी काम सुरु गरेका ठेकेदारले भूकम्प आएकाले एक महिना
काम रोकेका थिए । २०५४ साल देखी निर्माण सुरू गरिएको विराटनगर चक्रपथको ट्रयाक खोल्ने कार्य अझै पुरा भएको छैन । लखन्तरी झोराहाट खण्डमा अदालतले दिएको स्टे अडरका कारण ट्रयाक खन्न नसकिएको हो । ट्रयाक खोल्ने विषयमा स्थानीय अदालत पुगेका थिए । अदालतले तत्काल काम अघि नबढाउन स्टे अडर जारी गरेकाले सो क्षेत्रको केही भाग ट्रयाक खोल्न नसकिएको कार्यालयले जनाएको छ ।
४२ किलोमिटर लम्बाई रहेको चक्रपथको निर्माणकालागि थोरै बजेट छुटयाइएका कारण काम अझै काम अघि नबढेको हो । सुचना अधिकृत कार्कीले भने ‘ चाहिने भन्दा थोरै बजेट आउछ । ट्रयाक पुरा नगरी पिच गर्न मिल्दैन ।’ रिङरोडकै लागि भनेर एक अस्थाई डिभिजन इन्जिनियर र ४ जना इन्जिनियरको दरबन्दी भएपनि माथीबाट नपठाइएको कार्कीले बताए ।
रिङरोड सञ्चालन आए विराटनगरको ट्राफिक जाम कम हुने छ । ठुला र मालवहाक सवारी साधनलाई वाईपास मार्गबाट आवगमन गराउनसके विराटनगरको ट्राफिक जाम कम हुने बताइन्छ । रुवाती अवस्थामा निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालयले काम नगरेपछि सो
जिम्मेवारी सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलयलाई दिएको थियो । तर सो कार्यालयले पनि विका; बजेट खर्चन ;केको देखिदैन् ।
कटहरी, झोराहाट, लखन्तरी, टंनवारी, हात्तीमुडा, भाथिगछसहित विराटनगर उपमहानगरपालिकाका विभिन्न वडा छुने चक्रपथ निर्माणपछि सार्व साधरणबाट अधिग्रहण गरिएको जमिन विकत घढेरीको रुपमा फिर्ता गर्ने लक्ष्य राखिएको छ ।

आर्थिक बर्ष २०६७/६८
एक करोड ८५ लाख ५० हजार
खर्च ८० लाख ३८ हजार

आर्थिक बर्ष २०६८/६९
दुइ करोड १२ लाख १९ हजार
खर्च एक करोड ८ लाख ७४ हजार

आर्थिक बर्ष २०६९/७०
एक करोड १९ लाख ३४ हजार
खर्च ५८ लाख ६६ हजार खर्च

आर्थिक बर्ष २०७०/७१
६ करोड ६५ लाख ६० हजार

चालु आर्थिक बर्ष
६ करोड ११ लाख दुई करोड २८ लाखमा ठेक्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्