ताप्लेजुङका पहिरो पीडितका लागी आपतकालिन राहत सामग्री पठाउन थालियो

ताप्लेजुङका पहिरो पीडितका लागी आपतकालिन राहत सामग्री पठाउन थालियो

 प्रबिन दाहाल काठ्मान्डौ

ताप्लेजुङका पहिरो पीडित परिवारका लागि तीन दिनपछि आजबाट आपतकालिन राहत सामग्री पठाउन थालिएको छ । मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट पहिलो चरणमा औषधिसहितका करीब तीन सय किलो राहत सामग्री पठाईएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिनुभयो । राहत पठाउन हिजो दिनभर प्रयास गरिएपनि मौसमको खराबीका कारण सफल भएको थिएन । आज मौसममा सुधार आएकाले पहिरोमा परी बेपत्ता भएका भएकाको खोजी र राहात तथा उद्धारमा सफलता पाउने विश्वास विपद व्यवस्थापन समितिले गरेको छ । यता उत्तर पश्चिमी ६ वटा गाउँ विकास समितिमा गत बुधवार राती गएको पहिरोमा परी ज्यान गुमाउने मध्ये ३५ जनाको शव फेला परेको छ भने ३१ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये २४ जनाको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्