विराटनगरलाई सन २०१५ भित्र बालमैत्री नगरपालिका घोषणा गरिने

विराटनगरलाई सन २०१५ भित्र बालमैत्री नगरपालिका घोषणा गरिने

विराटनगर/

विराटनगर उपमहानगरपालिकाले आगमी सन २०१५ भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । नगरपालिककाले बाल श्रमका विरुद्धको दिवसको अवसर पारेर बिहिवार पत्रकार पत्रकार सम्मेलन गरी नगरलाई सन २०१५ सम्ममा बालश्रम मुक्त नगर बनाउने तयारी गरेको हो ।
बालमैत्री नगरपालिका घोषणा गर्नको लागी नगरपालिकाले बाल श्रम विरुद्धको दिवसको अवसरमा जुन १२ तारिक सुक्रवार देखी दुई महिनासम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरेको नगरपालिकाका राजेन्द्र प्रधानले जानकारी दिए ।

उनले दुई महिनासम्म सञ्चालन हुने अभियानमा नगरपालिकाले उद्धार गरीएका बालवालिकाहरुको परिवार पुनस्र्थापना गर्ने, उद्धार गरीएका बालश्रमिकहरुलाई अल्पालिन बसाई व्यवस्थापन गर्ने जानकारी दिए ।

त्यस्तै नगर उद्धार टोलिको परिचालन गरी बालश्रमिक उद्धार गर्ने, कार्यक्रमको नियमित अनुगमनलगायतको विभिन्न गतिविधि गर्ने भएको नगरपालिकाको कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले जानकारी दिए । उनले नगरमा श्रमिक बाल बालिकाहरुको संख्यामा कमी आएकाले बालमैत्री नगरको रुपमा विकास गर्दै लैजाने जानकारी दिए । । नगरपालिका र विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा गरेका सर्वेक्षणका क्रममा नगर क्षेत्रमा हालसम्म ८ सय १८ जना बाल श्रमिक बालवालिकाहरु रहेको बताएको छ । जस मध्ये ४सय ४१ बालक र ३सय ६७ बालिका रहेका छन् । नगरले सन २०११मा गरेको सर्वेक्षणका क्रममा एकहजार एकसय २२ बालश्रमिकहरु भेटिएका थिए । २०६४ साल देखी बाल श्रम विरुद्ध अभियान चालाउदै आएको नगरले बालश्रमिकको संख्यामा कमी आएको जनाएको छ । आगमी ६ महिना भित्रमा नगर क्षेत्रमा बालश्रमीक शुन्यमा बनाई विराटनगर उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्