प्रबिन दाहाल काठमान्डौ
आज बिहान भूकम्पको एउटा पराकम्प गएको छ । बिहान ५ बजेर ५९ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर ४ दशलमव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि हिजो दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । गत वैशाख १२ गते गएको भूकम्पपछि अझै पनि पराकम्प आउने क्रम रोकिएको छैन् । यो क्रम केही समय सम्म जारी रहने विज्ञहरुको भनाइ छ ।