जेठ महिनामा सवारी दुर्घटनामा परी मोरङमा १६ जनाको मृत्यु

जेठ महिनामा सवारी दुर्घटनामा परी मोरङमा १६ जनाको मृत्यु

विराटनगर, १ असार : जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जेठ महिनामा सवारी दुर्घटनामा परी मोरङमा १६ जनाको मृत्यु भएको जनाएको छ । मोरङमा जेठ महिनामा ४५ वटा दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै वैशाख महिनामा ३८ वटा दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको थियो । चालकको लापरबाही, तीव्र गति, प्रतिस्पर्धा र सडकको अवस्थाका कारण सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख विजय श्रेष्ठको भनाइ छ । यस्तै जेठ महिनामा विभिन्न सवारी साधनहरुलाई कारबाही गरी १५ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै वैशाखमा ११ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्