गोरु जोतेको एक घण्टाको पाँच सय रुपैयाँ

गोरु जोतेको एक घण्टाको पाँच सय रुपैयाँ

सुनसरी,असार २/

अघिल्लो वर्षम्म काभ्रे मण्डन क्षेत्रका किसानले दिनभर गोरु जोतेको २ हजार ५ सय रुपैयाँसम्म तिर्थे । चर्को मूल्यमा बिउबिजनको पैसा तिरेर पनि उनीहरुले जेनतेन कृषि पेशालाई निरन्तरता दिएकै थिए । तर यतिबेला त्यस भेगका जनता अब मकै छर्ने कि नछर्ने भन्ने समस्यामा छन् ।

लामो खडेरीपछि पानी पर्दा काभ्रेका किसान गोरु नै नपाउने समस्याबाट समस्याबाट गुज्रिरहेका थिए । भूकम्पबाट घर भत्किएका काभ्रेको मण्डन क्षेत्रका किसान मकै छर्न गोरु जोतेको मात्र एक घण्टाको ५ सय रुपैयाँ तिर्न बाध्य बनेका छन् ।

‘भूकम्पले घरमा अन्नको एक गेडा पनि छैन, अब पानी परेपछि जसरी भए पनि गोरु लगाउनै पर्यो नि’ महादेवस्थान २ का हरिराम पौडेलले भने । उनले एक घण्टाको पाँच सय रुपैयाँ तिरेर राम्रो उत्पादन हुने बारीमा मात्रै मकै छरेर अरु बाँझो नै छाडे । गोरु जोतेको मात्र पाँच सय रुप्ैयाँ पर्ने भएपछि पौडेलले सबै बारीमा मकै नछर्ने निर्णय गरेका छन् ।

सरकारले मकै र धानको बीउ अनुदानमा दिने घोषणा गरेको छ तर काभ्रेको मण्डन क्षेत्रका किसानले भने धान र मकैको बीउमा अनुदान नै पाउन सकेका छैनन् । बीउ र गोरुकै पैसा तिर्न नसक्ने भएपछि अब किसानहरुले मकै नछर्ने बताएका छन् । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्