विराटनगरबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको जहाज चरासँग ठोक्कियो

विराटनगरबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको जहाज चरासँग ठोक्कियो

विराटनगर, असार २ - विरानगरबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको जहाजमा बुधबार दिउँसो चरासँग ठोक्किएको छ । जहाजमा यात्रा गरी रहेका सबै यात्रु तथा चालकदल भने सकुशल रहेका छन् । विराटनगरबाट दिउँसो १:२० बजे २७ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको ७९२ उडान नम्बरको जहाजले रनवे छोड्नेवित्तिकै चरा ठोक्किएको विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका सई जालन्धर बरालले बताए ।

‘जमिन छोड्ने बित्तिकै इन्जिनको भागमा चरा आएर ठोक्कियो,’ उनले भने, ‘जहाजमा केहिपनि भएको छैन् । यात्रुहरुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको छ ।’ चरा ठोक्किएपछि जहाज त्यही ल्याण्ड गरेको थियो ।

‘बाहिर हेर्दा केहि नभएपनि प्राविधिक टोलीले परीक्षण गरेपछि मात्र यो जहाजले उडान भर्छ,’ यति एयर लाइन्सका स्टेसन मेनेजर प्रेम कुँवरले भने, ‘यात्रुहरुलाई लिन अर्को जहाज आउँदै छ ।’

गएकाे असार १६ गते नेपाल वायु सेवा निगमको चिनियाँ एमए ६० जहाज पनि काठमाडौंबाट विराटनगर जाँदै गर्दा विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियाे ।

Ekantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्