विराटनगरमा चलिरहेको नाला निर्माणको काम रोकियो

विराटनगरमा  चलिरहेको नाला निर्माणको काम रोकियो

विराटनगर, ।  विराटनगरमा  चलिरहेको नाला निर्माणको काम बर्खा लागेको बहानामा रोकिएको छ । मझौला तथा एकिकृत सहरी वातावरणीय सुधार परियोजना अन्र्तगत संचालित नाला निर्माणको काम रोकिएको हो ।
परियोजनाको काम सुरु भएपछि जताततै खाल्डाखुल्डी बनेको विराटनगरका सडक यो बर्ष बर्षात सुरु नहुदै हिलाम्मे बनेको छ । नाला निर्माण र सडक विस्तारको काम सुस्त गतिमा हुदाँ नगरबासीले यो बर्षको बर्खामा सास्ती खेप्नु पर्ने भएको हो ।हरेक बर्षामा बिराटनगर बासीले यस्तै समस्या बेहोर्नु पर्छ ।
लगातार पानी पर्न थालेपछि काम रोक्नु परेको प्रोजेक्ट म्यानेजर उपेन्द्रप्रसाद बरालले बताए । आकस्मीक बाहेकका अन्य काम रोकिएको उनको भनाई छ ।
नालाको लागी गहिरो खाडल खन्नुपर्ने तर बर्खामा खाडल खन्दा पहिरो जाने भएपछि काम रोकिएको उनले बताए ।
परियोजनाको ठेक्का सीटीसीई र कालिका कन्ट्रक्सनले संयुक्त रुपमा लिएकाछन् । तर उनीहरुको लापर्वाहीले काम समयमा सम्पन्न हुन नसक्ने अबस्थामा पुगेको हो ।
लक्ष्य भन्दा १५ प्रतिशत पछाडी रहेको भन्दै तोकिएको समयमा काम पुरा नहुने जानकारहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्