राष्ट्रपति र प्रधानमन्त्री बिच आज भेटबार्ता

<span class='c1'>राष्ट्रपति र प्रधानमन्त्री</span> <span class='c2'>बिच आज भेटबार्ता</span>

प्रबिन दाहाल
काठ्मान्डौ

राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला बिच आज भेटबार्ता भएको छ ।

शीतल निवास पुगेर प्रधानमन्त्री कोइरालाले पुनःनिर्माण प्राधिकरण गठनको अध्यादेशका बारेमा राष्ट्रपति डा. यादवसँग छलफल गर्नुभएको हो । सरकारले आह्वान गरेको दाता सम्मेलन अगावै पुनःनिर्माण प्राधिकरण गठन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्राधिकरण गठनका लागि ल्याउन लागिएको अध्यादेशका बारेमा राष्ट्रपति यादवलाई जानकारी दिनुभएको थियो ।

दाता सम्मेलनअघि नै सरकारले पुनःनिर्माण प्राधिकरणको ढाँचा बनाउने तयारी गरेको छ । भेटमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमति, संविधान निर्माण प्रक्रियालगायतका विषयमा राष्ट्रपति डा. यादवलाई जानकारी गराउनुभएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्