राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने

राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने

 

प्रेम देवान

विराटनगर, ४ असार । वन तथा भु–संरक्षण मन्त्रि महेश आचार्यले संविधानसभाबाट संविधान जारीभएपछि त्यसको कार्यान्वयन गर्नकालागि राष्ट्रिय सहमतिको सरकार बन्नु आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस यूनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आचार्यले यस्तो बताउनुभएकको हो । उहाँले संविधान जारी भएपछि सयौं कानुनहरु नयाँ व्यवस्था अनुसार बनाउनु पर्ने भएकोले त्यस बखत कमसेकम १६ बुँदेमा हस्ताक्षर गर्ने दलहरु संगै सरकारमा रहनु आवश्यक हुने उहाँको भनाई थियो । मन्त्रि आचार्यले प्रधानमन्त्रिले सहमतिमा बनेको संविधान जारी गर्ने समयमा नै राष्ट्रिय सहमतिको सरकार बनाउने पहल गरिरहनुभएको र त्यो सम्भव नभए त्यसपछिको अवस्थामा पनि सहमतिको सरकार जरुरी हुने हस्ताक्षरकर्ता दलहरुबीचमा समझदारी रहेको जानकारी दिनुभयो ।

संविधान निर्माणका बिषयमा भएको १६ बँुदे सहमति राजनीतिमा ठूलो आइसब्रेक भन्दै उहाँले त्यसमा शक्ति पृथकिकरण तथा अधिकार बाँडफाडमा हस्तक्षेप नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्