विराटनगरमा फोनिजको रेडियो उद्घोषण तालिम शुरु

विराटनगरमा फोनिजको रेडियो उद्घोषण तालिम शुरु

 

प्रेम देवान

विराटनगर असार ४ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मोरङको आयोजनामा शुक्रबाट विराटनगरमा दुई दिने रेडियो तथा स्टेज उद्घोषण तालिम शुरु भएको छ ।

जिल्ला विकास समितिको आर्थिक सहयोगमा भएको तालिमा मोरङ जिल्लाका करिब ३० जना आदिवासी जनजाति युवायुवतिको सहभागिता रहेको छ ।

तालिमको उद्घाटनका अबसरमा नेपाल आदीवासि जनजाति पत्रकार महासंघ फोनिज का केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भैरव आङला, नेपाल आदीवासि जनजाति महासंघ मोरङका अध्यक्ष मिलन राई, नेपाल पत्रकार महासंघ मोरङका सचिब नवराज कट्टेल, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मिन कुमार नवोदित, जिल्ला विकास समिति मोरङका कार्यक्रम अधिकृत लक्ष्मी धिमाल लगायतले शुभकामना दिनुभएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मोरङका सचिव राम लावतीले तालिम दुई दिन सम्म संचालन हुने जानकारी दिनुभयो । दुई दिन सम्म चल्ने तालिममो सहजिकरण हिमशिखर टेलिभीजनका समाचार सम्पादक तथा फोनिज झापाका सचिव मन कुमार तुम्साले गर्नुभएको सचिव लावतीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्