आज अन्तर्राष्ट्रिय शरणार्थी दिवस

आज अन्तर्राष्ट्रिय शरणार्थी दिवस

असार ५ काठमान्डौ

आज जुन २० तारिख अन्तर्राष्ट्रिय शरणार्थी दिवस, शरणार्थीको हकअधिकारका लागि काम गर्ने विभिन्न संघसंथा र नेपालमा रहेका शरणार्थीले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । दिवसमा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले द्वन्द्वका कारण धेरै मान्छे विस्थापित हुने गरेको भन्दै युद्धको निराकरण र युद्धले उत्पन्न गरेका समस्या समाधानमा जोड दिएको छ । यस्तै नेपालमा २० हजार भन्दा बढी तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायत देशका शरणार्थी छन् । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानून समेत बनाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्