पूर्व क्षेत्रमा आशलाग्दो एसएलसी नतिजा

पूर्व क्षेत्रमा आशलाग्दो एसएलसी नतिजा

 
पूर्वमा ३८.२८, सुनसरीमा ४५.७६ प्रतिशत उर्तीण, एक्जाम्टेडतर्फ पूर्वमा ९.१० प्रतिशत मात्रै उर्तिण

गतवर्षको तुलनामा यसवर्षको प्रवेशिका (एसएलसी) परीक्षामा पूर्वको परीक्षाफल केही आशलाग्दो देखिएको छ । यसवर्ष पूर्व क्षेत्रमा ३८ दशमलव २८ प्रतिशत विद्यार्थी उर्तीण भएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ ।

जुन गतवर्ष भन्दा ४ दशमलव ५३ प्रतिशतले बढी हो । यसवर्ष नियमित तर्फ पूर्वबाट ९० हजार ५ सय ७६ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ३४ हजार ६ सय ७२ जना उर्तीण भएको निर्देशनालयका शाखा अधिकृत दीपक श्रेष्ठले बताए। पुनः परीक्षा तर्फको नतिजा सोचेभन्दा धेरै कम छ । पुनपरीक्षामा ४१ जहार ८ सय ४६ विद्यार्थी मध्ये मात्रै ३ हजार ८ सय १० विद्यार्थी उर्तिण भएका छन् । प्रतिशतमा ९ दशमलव १० प्रतिशत हो ।

पूर्वका १६ जिल्ला मध्ये झापा पहिलो नम्बरमा छ । त्यसो त गतवर्ष पनि झापा पहिलो नम्बर मै थियो । यसवर्ष ओखलढुंगा दोस्रो नम्बरमा छ । झापा ५५ दशमलव ८२ प्रतिशत उर्तिण भएका छन् भने ओखलढुंगामा ५१ दशमलव ०९ प्रतिशत विद्यार्थी उर्तिण भएको अधिकृत श्रेष्ठले बताए ।

उनका अनुसार ताप्लेजुङ २१.३२, पाचथर २६.०६, इलाम ३९.०२, संखुवासभा ३६.४२, तेह्रथुम २९.६०, धनकुटा २५.९४, भोजपुर १७.११, मोरङ ४९.४४, सुनसरी ४५.७६, सोलु ४४ं.०९, खोटाङ १६.०२, उदयपुर २५.९१, सप्तरी १९.४९ र सिराहा ३७.०३ प्रतिशत विद्यार्थी उर्तिण भएको निर्देशनालयले जनाएको छ । ‘यो प्रारम्भिक उर्तिण संख्या हो । वास्तविक आउन केही दिन लाग्छ ।’ अधिकृत श्रेष्ठले टेलिफोनसम्पर्कमा भने ‘हरेक जिल्लाको केही फरक पर्न सक्छ ।’

सुनसरीको नतिजा भने गतवर्ष झै रहेको शिक्षा कार्यालय सुनसरीले जनाएको छ । गतवर्ष ४५ दशमलव ७ प्रतिशत विद्यार्थी उर्तीण भएको सुनसरीमा यो वर्ष केही बढेको छ । यसवर्ष सुनसरीमा ११ हजार ५ सय १ जना विद्यार्थीले परीक्षा दिएको जिल्ला शिक्षा कार्यालयका जिशिअ रुद्र दुलालले बताए । जसमध्ये ५ हजार २ सय १७ विद्यार्थी उर्तीर्ण भएका छन् ।

उनका अनुसार सुनसरीमा विशिष्ट श्रेणी ३ सय ३६ जना, प्रथम ३ हजार १०, दोस्रो १ हजार ७ सय ८६ र तेस्रो श्रेणीमा ८५ जना उर्तिण भएका छन् । धरानको निजी विद्यालयको अधिकांसको नतिजा सतप्रतिशत रहेको छ । तर, सामुदायिक विद्यालयको हकमा भने सून्यप्रायः रहेको छ । धरानका अधिकांस सामुदायिक विद्यालयहरुमा नगन्य मात्रामा विद्यार्थीहरु उर्तिण भएको विद्यालयहरुले जनाएको छ । यता निजी विद्यालयका प्रिन्सिपलहरुका अनुसार सबैजसो विद्यालयको नजिता सतप्रतिशत रहेको जनाएको हो ।

Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्