नोवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुले आन्दोलनलाई थप सशक्त बनाए

नोवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुले आन्दोलनलाई थप सशक्त बनाए

विराटनगर, ६ असार : श्रम शोषण गरेको भन्दै आन्दोलनरत नोवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् । कलेज प्रशासनले श्रमशोषण गरेको भन्दै एमवीवीएस पास भएर इन्टर्न गरिरहेका प्रशिक्षार्थी डाक्टरहरु असार १ गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए ।  तर कलेज प्रशासनले मागलाई  बेवास्ता गरी  आफूहरुप्रति अभद्र व्यवहार गरेको भन्दै उनीहरुले आन्दोलनलाई थप सशक्त बनाएका हुन् । कलेज प्रशासनले अस्पताल र होस्टेल प्रवेशमा रोक लगाएपछि थप आन्दोलित भएका उनीहरुले आज दिनभरि अस्पतालको मूलगेटमा नाराबाजीसहित धर्ना दिएका छन् । कलेजमा अध्ययनरत जुनियर विद्यार्थीहरुसमेत आजदेखि आन्दोलनमा सहभागी भएपछि उनीहरुको आन्दोलन थप सशक्त बन्दै गएको छ । प्रशिक्षार्थी डाक्टर र अन्य जुनियर विद्यार्थीहरुसमेत आन्दोलनमा उत्रिएपछि कलेज प्रशासनले सुरक्षा फौज नै तैनाथ गरेको छ । अस्पतालको मूलगेटमा धर्ना दिएको भए पनि आफूहरुले बिरामी र एम्बुलेन्सलाई भने प्रवेशमा रोक नलगाएको आन्दोलित विद्यार्थीहरुले बताएका छन् । यता, अखिल क्रान्तिकारी र अनेरास्ववियुलगायतका विभिन्न विद्यार्थी संगठनहरुले समेत प्रशिक्षार्थी डाक्टरहरुको आन्दोलनलाई समर्थन जनाएका छन् ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्