बिराटनगरमा पनि अन्तर्राष्ट्रिय प्रथम योगदिवस २०७२ सम्पन्न

बिराटनगरमा पनि अन्तर्राष्ट्रिय प्रथम योगदिवस २०७२ सम्पन्न

विराटनगर, । अन्तर्राष्ट्रिय प्रथम योगदिवस २०७२ का सन्दर्भमा नेपाल भारत मैत्री संघ, विराटनगर र भारतीय राजदूतावास क्याम्प अफिस विराटनगरको संयुक्त आयोजनामा जीवनमा योगको महत्व र योगको प्राचीनता र आधुनिकता विषयमा चर्चा गरिएको छ ।

पुनरावेदन अदालत, विराटनगरका मुख्य न्यायाधिश आनन्दमोहन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पतञ्जलि योगपीठ नेपालका प्रशिक्षक लोकनाथ खनालले सहभागीहरुलाई योगाभ्यास गराउँदै जीवनमा योगको गरिमा र महिमा बारे जानकारी दिए ।

कार्यक्रममा डी.ए.भी. र एभरेष्ट उच्च मा. वि.का विद्यार्थीहरु तथा सर्बसाधारणले योग गरेका नेपाल भारत मैत्री संघका अध्यक्ष सुरेश कुमार शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्